गाेल्धाप, २७ माघ । हल्दिबारी गाउँपालिका वडा नं. १ मा रहेको गोलधाप  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक हरि प्रसाद संग्रौलाले दिएको जानकारी अनुसार ८ सय २० जना मतदाता रहेकोमा ६ सय ३२ जनाले निर्वाचनमा भाग लिएका छन् । उनका अनुसार १३ सदस्य कार्यसमितिमा सचिव र सहसचिव निर्विरोध भएका छन् भने लेखा समितिमा पनि संयोजक र २ जना सदस्य पनि निर्विरोध भएका छन् ।

आज सम्पन्न निर्वाचनमा अध्यक्षमा हर्क प्रसाद लिङ्देन र धुव्र कुमार श्रेष्ठ त्यस्तै उपाध्यक्षमा भोलानाथ ओली र अभिनारायण नेपाल कोषाध्यक्षमा तुलाराम न्यौपाने र गिता राई विच प्रतिस्पर्धा रहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार ४ खुल्ला सदस्यहरुमा प्रदिपराज नेपाल, रत्न बहादुर विश्वकर्मा, विकास भट्टराई, कृष्ण प्रसाद सुवेदी र उत्तम मगर विच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै खुल्ला महिला सदस्य ४ मा तारा आपागाईं, टिका माया सिगाु, सुशिला कार्की बस्नेत, टिकादेवी अधिकारी, पवित्रा मगर र भिमा कुमारी बाँनिया विच प्रतिस्पर्धा देखिएको छ । विहान ८ बजे देखि संचालन भएको निर्वाचन बेलुकी ४ बजे सम्पन्न भएको छ भने यो समाचार तयार पारुन्जेल निर्वाचन मत परिणाम गन्ने प्रकियामा छलफल चलिरहेको वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापाले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार