झापाको बुद्धशान्तिमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ६ः४५ बजेको समयमा बुद्धशान्ति गाउँपालिका- ३ सात नम्बर चोकस्थित मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ न.को टिपर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको हो । दाहिने हात र छातीमा चोट लागेर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ सवा ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष अन्दाजी २१ वर्षीया लीला गौतम घाइते भएकी छन् । शरीरको विभिन्न भागमा चोट लागेर बीएण्डसी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनापछि टिपर चालक फरार रहेकोले खोजी भइरहेको र टिपर इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार