चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,

विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,

सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी,

जुन जब आकाशमा तैरी रहन्छ अधिष्ठाता संग गरी रह्यो बन्दगी,

भ्रम हैन यो जीर्ण जंजीर नै हो
निर्जीव कला तस्वीर पनि त हो,

प्राण रहीत लान्छन नै अर्थी मा
मुस्कान भरीएको मेरो जीन्दगी,

सपनामा उ संग सम्बन्ध थियो
समयको गति तब मन्द थियो,

आज जब प्रत्यक्षीकरण भैरहँदा
सत्य निकट आउँछ यो जीन्दगी,

तिमी अंधकार लाई जुन मान्दछौ
अनी होलीका लाई दीपमालिका,

तर, यहाँ नवयूगको प्रस्फुटन हुँदै
जगमगाई रहेछ सम्पूर्ण जीन्दगी,

आज न आशा छ न त विश्वास नै
धरती मात्र हैन आकाश माथी नि,

तरंगित हुन्छ जब माधुर्य संगीत
गुनगुनाई रहेछ यही यो जीन्दगी,

चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,

विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार