जीवन भर भाग्य -थरी थरिका पवित्र झूठ बोल,
कतै पीठ पछाडी गरे प्रहार

चप्पल त कति पटक चोरे कि
गरेन मन्दिर मस्जिद चर्च र गुम्बामा भेद
जब हाट बजार गए
घर फ़र्क़दा नांगो पाउ फर्किए

जतिसम्म चोरि गरे
न्यूटनको तेस्रो सिद्धान्तको आधारमा गरे
केवल प्रेमको …

पहिला प्रेम दिल बॉलपेन र साधा कागजसंग गरे
दोस्रो सबै प्रेम इरेजर,पेन्सिल र साधा कागजको साथ

जति चुम्बन लिए..
जति भोग गरे ..
उसलाई यसरी गिन्ती गरे
कि पछुताउनुको कुनै गुन्जाइस रहेन

बांकिलाई यस पटक पटक प्रेम गर्नेहरु दिलको लागि के भनु /
साला खास्टो ओडेर घ्यू खान्छ

यति मामूली चोर हो कि तोरी कद्दू नै किन i
हॉफ टाईममा टिफिनदेखि रोटिसम्म
चोरेको छ
अदेखि आपको अचारदेखि लिएर
चदेखि चीनी चिउरा
कदेखि किताब
पदेखि पैंटसम्म

किक्रेटको वलदेखि कति फूटो
कति झर्यो शराबको प्यालामा
.
पर स्त्रियलाई स्नान गरेको देखे
कलिलो उमेरमा
लुकीछिपी कैयौ पटक
नजरमा स्खलित …

के भनु कति अहँकार पालेर
कति घृणा
कति ईर्ष्या
चाहन्छो भने मुटु उघारेर हेर l

जो बादशाहको हठ
उसको बादशाहको साथ समर्पण

न लयका साथ गीता पढे
न नियमले वेद
आधा नास्तिक आधा धार्मिक

कसले गुण लगायो मलाई
कतिको हृदय तोड़े
कति गुनासाहरु कति दुर्गुण भित्र !!!
के भनु ?? _________कि पछुताउनुको कुनै गुन्जाइस रहेन l
-देवेन्द्र किशोर ढुङगाना
सिलीगुरी, पश्चिम बंगाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार