हल्दिबारी । हल्दिबारी वडा नं-३ मा रहेको सडक पेटी पैदलयात्रीका लाई मात्र प्रयोग गर्ने बजार व्यवस्थापन समितिले सूचना सार्वजनिक गरेको छ ।
मिति २०८० माघ १९ गते बसेको बजार व्यवस्थापन कार्यसमितिको बैठकले निर्णय गरे अनुसार अध्यक्ष नगेन्द्र आङ्बो र सचिव अभिषेक खतिवडाले हस्ताक्षर गरेर सूचना सार्वजनिक गरी सडक पेटि खाली गर्नु पर्ने अनुरोध एवम जानकारी गरिएको छ।
सुचना र अनुरोध उलंघन गरेमा बजार समेतले जरिवाना समेत गराउने पत्रमा उल्लेख गरिएको छ । ढडुवा बजारमा ५ वटा स्थानमा एवम् सामाजिक संजालहरुको माध्यमबाट सार्वजनिक रुपमा सुचना सुचित एवम सार्वजनिक गरेको बजार व्यवस्थापन समितिका सचिव खतिवडाले जानकारी गराएका छन।
उनले सम्पुर्ण पक्षको सहयोग र सम्वन्यको समेत आशा राख्दै बजार व्यवस्थापनमा मद्दत गरिदिन पनि आफ्नै सामाजिक संजाल मार्फत अपिल गरेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1