भद्रपुर । पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारण सभाले राजेन्द्र रिजालको नेतृत्वमा नयाँ सञ्चालन समिति गठन गरेको छ ।

लामो समयदेखि बस व्यवसायमा रहेका भद्रपुरका स्थायी बासिन्दा रिजाल ४ वर्षे कार्यकालका लागि प्रालिको निर्बिरोध अध्यक्ष चयन भएका हुन् ।

यसअघि प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका रिजालले मतदान मार्फत सदस्य चुनिएपछि अध्यक्षमा निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीले जानकारी दिएका छन् । १० सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी परेपछि सदस्य पदमा मतदान भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार