झापाको बिर्तामोडमा एक युवकको शव फेला परेको छ । बिर्तामोड नगरपालिका- १० स्थित पश्चिम बिराटपोखरको पुरानो निर्माणाधीन घर नजिकै टहराभित्र आज बिहान युवकको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सिरिजङ्गा ताप्लेजुङका ३० वर्षीय सञ्जय माबो रहेको बुझिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
8
+1
1
+1
0
+1
7
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार