बिर्तामोड । अनेरास्ववियु झापा जिल्ला कमिटीको पदाधिकारी बैठकले झापाका विद्यार्थी नेता अभिषेक खतिवडालाई हल्दिबारीको इन्चार्जका लागि सिफारिस गरेको छ ।

बिद्यार्थी हकहितका लागि सक्रिय रुपमा स्थापित खतिवडा हल्दिबारीका सामाजिक अभियानकर्मी हुन। उनी झापाका एक न्यमित रक्तदाता पनि हुन।हल्दिबारी बाट एकल रुपमा अनेरास्ववियुको जिल्ला कमिटी अधिवेशन बाट जिल्ला सदस्य बनिसकेका खतिवडालाई इन्चार्ज बनाइएको एमाले र अनेरास्ववियु निकट नेता नेतृत्वले बताएका छन।

खतिवडाले हल्दिबारीमा बालबालिका ,युबा ,बिद्यार्थी सगै विभिन्न संघ सस्थाको सफल नेतृत्व सम्हाल्दै अगि बढेको देखिन्छ । विभिन्न खेलकुद प्रतियोगिता , धार्मिक कार्यक्रम देखि लिएर सामाजिक कार्यक्रम र सेवामूलक कार्यमा खतिवडाको सक्रियता देखिएको पाइन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार