२ फागुन,चितवन / राेटरी क्लब अफ चितवन र राेटय्राक क्लब अफ चितवनकाे संयुक्त आयाेजनामा चितवनको चाैबिसकाेटीमा अवस्थित आफ्नै भवनमा आज एक बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणहरूबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यता रहेकाे उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिकास थापा प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथि कर्माचार्यले राेटय्राक क्लब अफ चितवनका अध्यक्ष राे.प्रभा गुरूङ्गलाई र बाजुरादेखि आउनुभएका सरिता रावललाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज चितवन जिल्ला शाखाका पूर्व अध्यक्ष एवं सार्जेन्ट एट आर्म राेटरी क्लब अफ चितवनका संयाेजक समेत रहनु भएका यस कार्यक्रमकाे संयाेजन राे.मनाेज बर्णवालले गर्नुभएको थियोे ।

 उक्त  कार्यक्रमकाे सभापतित्व राेटरी क्लब अफ चितवनका अध्यक्ष राे.चन्द्रेश्वर प्रसाद भट्टराईले गर्नुभएको थियोे । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २१७ जनाले रक्तदान गर्नुभएको थियोे ।कार्यक्रमका सभापति राे.चन्द्रेश्वर प्रसाद भट्टराईले प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरूलाई मायाकाे चिनाे  प्रदान गर्नुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार