हल्दिवारी,२ फाल्गुन । गरमकाली आधारभुत विद्यालयलमा ५ लाख रुपैयाँको अक्षय कोषको स्थापना भट्टराई परिवारले गरिदिएका छ्न ।

हल्दिवारी -१ साविक गोलधापमा रहेको गरमकाली आविको शिक्षाको गतिविधिलाई अगाडि बढाउने हेतुले विद्यालयका संस्थापक समेत रहनु भएको स्वर्गिय श्री लाल र माता जानुका भट्टराईको स्मृतीमा नगद ५ लाख रुपैयाको श्रीलाल अक्षय कोषको स्थापना उहाँका छोराबुहारी मेघनाथ र सावित्रा भट्टराईले गर्नु भएको हो ।

आज सरस्वती पुजाको अवसरमा श्रीलाल अक्षय कोषका दाता भट्टराई परिवारलाई सम्मान गरिएको छ । हल्दीवारी गाँउपालिकाका अध्यक्ष तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रवीन्द्रप्रसाद लिङदेनले अक्षय कोषको स्थापना गरिदिने समाजसेवी मेघनाथ र सावित्रा भट्टराईलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गर्नु भएको थियोे ।

उक्त सम्मान कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन , वडा नम्बर १ का अध्यक्ष देवी बहादुर थापा ,अक्षय कोषका दाता मेघनाथ भट्टराई , हल्दिवारी गाउँपालिका प्रशासन

शाखा प्रमुख बाबु राम ढकाल , समाजसेवी भुपाल बस्नेत लगायत महानुभावहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

ब्यवस्थापन समितिका अध्यक्ष हिमाल राईको सभापति त्वमा सम्पन्न सम्मान कार्यक्रमलाई स्वागत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पराजुलीले गर्नु भएको कार्यक्रमको सहजीकरण विद्यालय सहायक प्रधानाध्यापक बडाराम हेमरमको रहेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार