हल्दिवारी ,३ फाल्गुन । बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलले अर्जुनकुमार मैनालीको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको छ ।

यही फागुन १४ गते हुने संघको निर्वाचनका लागि मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलले आज बिहीबार उम्मेद्वारी घोषणा गरेको छ ।

स्वतन्त्र ब्यवसायिक प्यानलको बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेद्वारी घोषणा गरेका हुन् । त्यसैगरी महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बु, बाणिज्य सचिवमा कृष्ण चापागाईँ, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा निशा कर्णको उम्मेद्वारी हुने छ ।

त्यस्तै खुल्ला सदस्यमा सत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुश्मा उप्रेती रहेका छन् ।

नेपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित पाँच वटा पार्टीका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल बनाएर चुनाव जाने भएका हुन ।

निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेश डालमियाको प्रमुख आतिथ्यमा उम्मेद्वारी घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि डालमिया , एमाले केन्द्रिय सदस्य दिपक कार्की , माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती , बाणिज्य संघका पुर्व अध्यक्ष राजकुमार पोख्रेल ,कुमार भट्टराई , स्वतन्त्र प्यानल समुहका अध्यक्ष पदका उम्मेद्बार अर्जुन प्रसाद मैनाली लगायतले स्वतन्त्र प्यानलको औचित्य र चुनावी एकताको बारेमा मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले गरेको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार