हल्दिबारी । सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-४ स्थित उक्त सहकारीमा बुधबार राती चोरी भएको हो ।

झ्याल फुटाएर भित्र पसेको चोरले सहकारीको ५ लाख ३९ हजार ५ सय ४७ रुपैयाँ चोरी गरेको संस्थाका कर्मचारीले बताएका छन् । संस्थाका ती कर्मचारीका अनुसार नगदसँगै चोरले सहकारीमा जडान गरिएको सीसीटिभी क्यामेराको हार्डडिस्कसमेत चोरी गरेको छ । हाल उक्त चोरीका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसै गरि झापा हल्दिबारीकाे एकता बहुउद्देश्यीय सहकारी, सानाकिसान, भद्रपुरकाे साना किसान र कचनकवलकाे कर्णालीमा समेत यही प्रकारले चाेरी भएकाे थियाे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार