कविता: “क्रन्तिकारी आमा”

पहिलो आन्दोलन —
शायद बिउले गरे होला
माटोको बिरुद्ध
र फूटेर प्रस्फुटित भए
बिरुवा बनेर ।
वा फेरी शिशुले
कोख भित्र गरे होला
जन्म लिनका लागि
हरेक पटक —
कान्तिकारीको प्रेम पाए
माटो संग पनि
आमा संग पनि ।
किनकी —
आमालाई थाह छ कि
आन्दोलनको बिना
सृजना सम्भव छैन ।

– देवेन्द्र किशोर ढुङगाना
झापा हाल : बिराटनगर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार