हल्दिवारी ,४ फाल्गुण ।नेपाल चिया उत्पादक संघ केन्द्रीय कार्यसमितिको शुक्रवार भद्रपुरमा सम्पन्न संघको १५ औ साधारण सभाबाट महासचिवमा शुक्रबहादुर दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

हल्दिवारीलाई आफ्नो कर्मथलो बनाएर चिया उत्पादन व्यवसायमा लाग्नु भएका युवा व्यवसायी दाहाल सामाजिक कार्यमा समेत उतिकै सक्रिय रहनु भएको छ ।

त्यसैगरी अध्यक्षमा आदित्य पराजुली , उपाध्यक्षमा शिवकुमार गुप्ता, ,सचिवमा सागर घिमिरे,कोषाध्यक्षमा प्रकाश उप्रेती पनि सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा दिपेश ढकाल,राजेन्द्र कुमार सिंह, रमेश पराजु्ली,मनोज श्रेष्ट, शुभाष शाक्य र दिपक पाठक समेत सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार