हल्दिबारी, ५ फाल्गुन । हल्दिवारी गाउँपालिका वडा नम्बर – २ पाग्लाबारी बस्ने अन्दाजी ४३ बर्षिय दिनेश राजवंशीलाई ट्याक्टरले ठक्कर दिदा उनको टाउकोमा गम्भीर चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेकोे वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष राजवंशीका अनुसार उनको उपचारको लागि ॐ साई अस्पताल लगिएको र थप उपचारको लागी बिएण्सी अस्पताल लगिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको छ ।

हल्दिबारी गाउँपालिका वडा नं. २ को वडा कार्यालय पुर्व ट्याक्टरले मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएर फरार रहेको ट्याक्टरको खोजी भइ रहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

वडा कार्यालय र स्थानीयले दिएको जानकारी अनुसार प्रहरीले ३ वडा ट्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
9
+1
5
+1
1
+1
2
+1
28
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार