तस्विर सामाजिक संजाल, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक आज दिउँसो एकआपसमा ठोक्किएको छ । दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते भएका छन् ।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८५६ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३७२१ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा हुँदा दुवै सवारीसाधनको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । दुर्घटना कारण कनकाई पुलमा ट्राफिक जाम भएको छ । प्रहरीले जाम हटाउने काम गरिरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । time of pradesh बाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार