बिर्तामोड । न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरिएको छ ।
बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई दीक्षित गरेको हो ।
गत बर्ष बाट शुरु गरिएको स्काउट गठन संगै विद्यार्थीले क्षमता बिकास गर्दै तालीम लिईरहेका छन् । तालिम प्राप्त स्काउटका सदस्य दीक्षित भएका हुन् । उनीहरुलाई गएराति एक कार्यक्रमका बिच दीक्षित गएको थियो ।
सोही कार्यक्रमका बिच झापा गोल्डकप लाई १ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको छ ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एंव संस्थापक धर्मा पराजुलि प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नगर उप- प्रमुख नगेन्द्र संग्रौला ,प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल , गोल्डकप अध्यक्ष बिनोद बस्नेत लगायतले शुभकामना राखेका थिए ।

बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गर्दै बालबालिकाको वृद्धि बिकासमा बिद्यालय दिनरात कृयाशिल भएर लागेको उल्लेख गरे । उनले बालबालिकाको बिकास संगै समग्र बिर्तामोडको बिकासमा हातेमालो गर्दै बिद्यालय अगाडि बढ्ने उल्लेख गरे । शिक्षक परासर दाहालले सहजीकरण गरेको कार्यक्रमको संचालन अन्स न्यौपाने र कृन्जल पोख्रेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार