हल्दिबारी, ७ फाल्गुन । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ को वडा कार्यालय नजिकै भएको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय दिनेश राजवंशीको मृत्यु भएको छ ।

शनिबार १२ बजे तिर हल्दिवारी – भद्रपुर सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना १७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीको उपचारको क्रममा सोमबार साढे बाह्र बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।

दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते मोटरसाइकल चालक हल्दिवारी – २ पग्लावारीका ४२ बर्षीय राजवंशीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको र थप उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनु भएको छ ।

दुर्घटना गराएर फरार भएका ट्याक्टर चालक भद्रपुर २ का २३ बर्षीय सबिन जोगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
1
+1
14
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार