हल्दिबारी । नेपाल विद्युत् प्राधिकरणको कर्मचारी बताउँदै ग्राहक ठगी गर्दै हिँडेको आरोपमा बिर्तामोड नगरपालिका-३ का २० वर्षीय राजेश राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा विद्युत् प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्दै हिडेका ती युवकको फोटोसहितको समाचार प्रकाशन भए लगतै स्थानीयले उनलाई पक्राउ गरी प्रहरी चौकी बिर्ता बजार बुझाएका छ्न ।
राजवंशी प्राधिकरणको कर्मचारी भन्दै ग्राहकमा पुगेपछि स्थानीयले उनलाई समातेका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
2
+1
+1
1
+1