हल्दिबारी, ८ फाल्गुण । झापाको शिवसाताक्षी नगरपालिकामा संचालित झापा जिल्ला अन्तर पालिका कर्मचारी स्तरिय फुडबल प्रतियोगितामा आयोजकको ब्यवस्थापन तथा निर्णय प्रति आपति जनाउँदै हल्दिबारी गाउँपालिकाको कर्मचारी टिमले घोर भत्सर्ना गरेको छ ।

आफ्नो टिमबाट कम्प्युटर अप्रेटर पदमा विद्यालयका घुम्ती शिक्षकलाई समावेस गराई खेलाएकोमा आयोजकले खेल विजय हुदा पनि त्यसलाई आपति मानी प्रतिद्वन्दी टिम बुद्धशान्तिलाई विजय गराएको र उक्त टिमबाट विजय राई नामको कर्मचारीको नाममा निजि फार्मेसीमा कार्यरत बाहिरी ब्यक्तिलाई खेलाएकोमा प्रोटेस्ट तथा सो खेल हुने दिन समेत स–प्रमाण पेश गरेको प्रोटेस्टलाई आयोजकले कुनै कार्यवाही नगरी हामी संग अभद्र ब्यवाहार गरी बुद्धशान्ति गाउँपालिका कर्मचारी टिमलाई अर्को खेल खेल्न दिएको प्रति हल्दिबारी गाउँपालिका कर्मचारी फुडबल टिम घोर भत्सर्ना गर्दछ भन्दै टिमका क्याप्टेन कालु मेचे सहितका खेलाडीले शिवसताक्षी नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

उक्त ज्ञापन पत्रमा भनिएको छः

विषय – घोर भत्सर्ना गरिएको बारे
श्री झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता २०८०
शिवसताक्षी नगरपालिका, ब्याङ्गडाँडा झापा ।

मिति २०८० फाल्गुण ४ गतेदेखी फाल्गुण ११ गतेसम्म सञ्चालन भइरहेको अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता २०८० को सम्बन्धमा हल्दीबारी गाउँपालिका कर्मचारी टिमले सहभागि जनाएको थियो । मिति २०८० फाल्गुण ४ गते हल्दीबारी गाउँपालिका र बुद्धशान्ति गाउँपालिका बीच भएको खेलमा हल्दीबारी गाउँपालिका ३-० ले बिजयी भएको थियो । सो खेलसम्बन्धमा हल्दीबारी गाउँपालिका विरुद्ध प्रोटेस्ट परेको र हामीले त्यसको जवाफ पठाइसकेकोमा कोशी प्रदेश स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० बमोजिम हाम्रा ३ जना खेलाडी ऐनको परिभाषामा नपर्ने भनि आयोजकबाट बुद्धशान्तिलाई विजय गराइएको जानकारी प्राप्त भयो । आयोजकबाट मिति २०८० ११० १०९ गते टिम इन्ट्री गराउने पत्रमा उक्त व्यहोरा प्रष्ट नपारिएको हुँदा गाउँपालिकाबाट कम्प्युटर अपरेटर पदमा विद्यालयमा घुम्ति शिक्षकलाई समावेश गराइएको थियो । आयोजकबाट त्यसलाई आपत्ति मानि हामीलाई खेलबाट बाहिर राखेको जानकारी प्रति हाम्रो असहमति भए पनि हामी स्वीकार गर्दछौं । तर बुद्धशान्ति गाउँपालिकाबाट विजय राई नामको कर्मचारीको नाममा निजी फार्मेशीमा कार्य गर्ने बाहिरको व्यक्तिलाई खेल खेलाइएको पाइएकोमा हामीले अघिल्लै दिन गरेको प्रोटेस्ट तथा सो खेल हुने दिन समेत स-प्रमाण पेश गरेको प्रोटेस्टलाई आयोजकले कुनै कारवाही नगरी हामीसँग अभद्र व्यवहार गरी बुद्धशान्ति गाउँपालिका कर्मचारी टिमलाई अर्को खेल खेल्न दिएको प्रति हल्दीबारी गाउँपालिका कर्मचारी फुटबल टिम घोर भत्सर्ना गर्दछ ।

ऐनको परिभाषाले स्थानीय सरकारी सेवाको पदमा वहाल रहेको स्थायी, अस्थायी र करारका कर्मचारी सम्झनु पर्छ र सो शब्दले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई समेत जनाउँछ भनिएको छ । यस हिसाबले सुचना प्रविधि अधिकृत गाउँपालिका/ नगरपालिकाको दरबन्दी तेरिज बमोजिम स्वीकृत दरबन्दी नभएको हुँदा शिवसताक्षी नगरपालिकाले सुचना प्रविधि अधिकृतलाई कुन परिभाषा भित्र रहि खेलमा समावेश गराएको हो यकिन गरिपाउँ भनि आयोजकको व्यवस्थापन तथा निर्णय प्रति आपत्ति जनाउँदै घोर भत्सर्ना गर्दछौं ।

हल्दीबारी कर्मचारी टिम
कालु मेचे-क्याप्टेन
संकल्प खनाल – सह क्याप्टेन विक्रम राजवंशी
अर्जुन क मदन संग्रौला
जिवन सुवेदी सुरेन्द्र राई
आकाश बुढामगर

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
6
+1
0
+1
2
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार