(फाईल तस्विर) बूढीगंगा गाउँपालिका–१ मोरङमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पुष्पलाल चोकबाट मानगढतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान गाउँपालिका–१ का २४ वर्षीय शम्भु माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए।

उनका अनुसार गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान–१ का २६ वर्षीय राहुल माझी घाइते भएका छन्। उनको कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार