काठमाडौं । नागार्जुन नगरपालिका–६ सितापाइलामा मृत अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बुधबार बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको थियो । ईश्वरीका श्रीमान् राजु घिमिरे भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आमा र दुई छोरीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ । सोलुखुम्बु घर भई सितापाइला बस्दै आएका उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार