भद्रपुर । झापाको विर्तामोडबाट लागुऔषध सहित २ व्यक्ति पक्राउ परेका छन् । अपरान्ह ३ः१५ वजे विर्तामोड ४ स्थित आदर्श पार्टी प्यालेस अगाडिबाट विर्तामोड ५ का १९ वर्षिय निराज मण्डल र विर्तामोड ६ का १९ वर्षिय राहुल चौधरीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार शंकास्पद अवस्थामा रहेका दुवै व्यक्तिको पिछा गर्ने क्रममा इलाका प्रहरी कार्यालय विर्तामोडको टोली र जिल्ला प्रहरी कार्यालयको सम्युक्त टोलीले पक्राउ गरी खानतलासी गर्दा व्राउनसुगर फेला परेको थियो ।

यस्तै झापाको दमकबाट पनि एक युवक व्राउन सुगर सहित पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार दिउँसो २.३० वजे दमक ६ जेसीज चौकबाट गौरीगञ्ज गाउँपालिका ३ का १९ वर्षिय गगन रिसिदेवलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले १०२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । सो घटनामा संलग्न भएका २७ वर्षिय रविन पासवानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार