कचनकवल । झापाको कचनकवलमा जंगली हात्तीले दुईवटा घर भत्काएको प्रहरीले जनाएको छ ।

जलथल जंगलबाट निस्किएका ९ वटा हात्तीले आज बिहान ३ बजे कचनकवल गाउँपालिका–१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीले कचनकवल- १ कुटीका मानसिंह राजवंशीको जस्ताले छाएको एक तले घरको टाटी बेरा भत्काई पूर्ण रुपमा क्षति पुर्‍याएको छ । साथै घर भित्र राखिएको धान ६ मन, चामल २५ केजी गरी कुल ८६ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही ठाउँका हिरामनि हरिजन (माझी) को जस्ताले छाएको काठ र टिनको टाटी बेरा लगाएको घर भत्काई पूर्ण रुपमा क्षति पुर्‍याएको छ । उनको घरमा राखेको धान ४ मन, चामल २ मन समेत हात्तीले खाँदा कुल ३६ हजार बराबरको क्षति भएको छ । जलथल जंगलबाट निस्किने हात्तीले सो क्षेत्रमा दिनहुँ जसो क्षति पुर्‍याउँदा स्थानीय त्रसित बनेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार