हल्दिबारी । झापा जिल्लाका १५ वटा पालिका मध्ये हल्दिबारी गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा ३२.३९ अंक प्राप्त गरेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदान गरेको झापाका स्थानिय सरकारहरुको कार्य सम्पादन मुल्याङ्कन अंकमा हल्दिबारी गाउँपालिकाहरु मध्ये ३२.३९ अंक प्राप्त गरि पहिलो स्थान हासिल गर्न सकेको छ भने नगर पालिकाहरुमा बिर्तामोड नगर पालिकाले ३७.४३ अंक प्राप्त गरि झापाकै पालिकाहरुमा पहिलो हुन सकेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले बताउँनु भएको छ ।

कार्य सम्पादन मुल्याङ्कन अंकमा हेर्दा कचनकवल गाउँपालिका १७.४४ अंकका साथ पुच्छरमा रहेको कार्य सम्पादन मुल्याङ्कले देखाएको छ ।
कुन कुन पालिकाले कार्य सम्पादन मुल्याङ्कनमा कति कति अंक प्राप्त गरे पुरा विवरण सहितः
मेचीनगर २७.४६

बुद्धशान्ति  २८.९८

अर्जुनधारा  २६.२६

कन्काई  २३.९४

शिवसताक्षी ३५.८५

कमल २७.६६

दमक ३६.५७

गौरादह ३१.९

गौरीगञ्ज २०.६५

झापा २५.८

बाह्रदशी २१

बिर्तामोड ३७.४३

हल्दिबारी ३२.३९

भद्रपुर ३०.४७

कचनकवल १७.४४

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
2
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार