हल्दिवारी ,११ फाल्गुन । झापा गाउँपालिकामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका वडा नम्बर – ४ भानटोली निवासी इनाम हुसैन सेखका ४ वर्ष ६ महिनाका छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो । सो आगो सल्किएर इनामको एक तले टिनको छानो भएको कच्ची घरमा आगो लागेको थियो ।

उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए । बालक आगोको चपेटा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । आगो भद्रपुर र बिर्तामोडको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रण भएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार