झापा । वास्तविक व्यवसायीले मात्र उद्योगी, व्यवसायीको मर्म बुझ्न सक्छ भन्ने सामाजिक मान्यताको यस पटक बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणादेखि नै चर्चा चल्न थालेको छ । अब हरेक तहको नेतृत्व युवाले गर्न सक्छन् भन्ने मान्यतालाई पनि यस पटक स्वतन्त्र व्यवसायी प्यानलको उम्मेदवारीले सबैलाई विश्वास बढाएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको टिम वास्तविक व्यवसायीको टिम बनेको छ । यो टिम प्रतिस्पर्धी टिमभन्दा समावेशी बनेको छ । टिममा सबै समुदायका व्यवसायीको प्रतिनिधित्व हुनुले पनि मैनाली नेतृत्वको टिमको जित प्रबल देखिन्छ ।

मैनाली व्यवसायीका कुशल नेता बन्न सक्छन् भन्ने उदाहरण यसअघि महासचिव हुँदादेखि नै प्रस्ट भएको छ । अल्पमतमा रहँदासमेत उनले अब्बल भूमिका निर्वाह गर्दै व्यवसायीको पक्षमा काम गर्दै तमाम व्यवसायीको मन जित्न सफल भएका छन् । मैनालीले यो निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्दै घरदैलो अभियान जारी राखेका छन् ।

सरल स्वभावका मैनाली व्यवसायीका समस्या हल गर्न सक्षम छन् । निडर र हक्की स्वभाव भएका मैनाली व्यवसायीका अधिकार प्राप्तिका निम्ति डटेर कुरा राख्न सक्ने नेताका रुपमा परिचित छन् । अध्ययनशील उद्यमीको परिचय बनाएका मैनाली व्यावसायिक क्षेत्रलाई चुनौतीबाट जोगाउने योजनाका साथ आगामी निर्वाचनमा नेतृत्वका लागि अगाडि बढेका हुन् ।

को हुन मैनाली ?

ताप्लेजुङ जिल्लाको खेवाङमा २०३७ फागुन २८ गते यमकुमारी र ऋषिराम मैनालीको कोखबाट जन्मिएका अर्जुनकुमार मैनालीले झापाको घोडामारा प्राविबाट प्राथमिक शिक्षा हासिल गरे । फूलबारी माविबाट माध्यमिक शिक्षा अध्ययन गरेका उनले मेची क्याम्पसबाट स्नातक र नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

२०६७ सालबाट व्यावसायिक क्षेत्रमा पाइला चालेका उनले प्रारम्भमा बिर्तामोड नगरपालिका–२ मा उँ जलेश्वर स–मिल सञ्चालनमा ल्याए । मैनालीका हाल ६ वटा कम्पनीहरू सञ्चालनमा रहेका छन् । सयौँ नेपाली युवाले उनको कम्पनीमा रोजगारी पाएका छन् । उनी २०६० सालदेखि झापाको बिर्तामोडमा स्थायी बसोबास गर्दै आएका छन् ।

व्यापार, व्यवसायमा सफलता प्राप्त गर्न सक्षम उनी सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय रहेका छन् । बिर्तामोडको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरेका मैनाली डाइनामिक क्लबको एक कार्यकाल अध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघको बहालवाला महासचिवको जिम्मेवारी समालिरहेका छन् ।

व्यवसाय क्षेत्रमा अब्बल युवा व्यवसायी मैनाली समाज रूपान्तरणमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्छन् । सामाजिक संघ–संस्था तथा युवा व्यवसायीहरूको पक्षमा बारम्बार आवाज उठाउने मैनाली युवा पलायनको विपक्षमा मत राख्छन् । युवा शक्ति स्वदेशमा नै परिचालन गर्नुपर्छ भन्ने मैनाली समृद्धिका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् ।

मैनालीले आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा आफूलाई अध्यक्षको प्रमुख दाबेदार मानेर चुनावी मैदानमा उत्रिएका छन् । युवादेखि वृद्ध–वृद्धा सबैको साथ आफूलाई रहने विश्वास रहेको छ । मैनालीले आफू निर्वाचित भएपछि अघि सारेका योजनाहरू कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक दल, सञ्चार क्षेत्र र विभिन्न सामाजिक संस्था, प्रहरी प्रशासन, उद्योगी, व्यवसायी, जनप्रतिनिधिको साथ सहयोग रहेकाले यस पटकको निर्वाचनमा आफूलाई निर्वाचित गराउनेमा ढुक्क रहेको मैनाली बताउँछन् । उनले अध्यक्ष पदमा प्रतिस्पर्धा नै नहुने भन्दै विभिन्न बहानामा भ्रम सिर्जना गर्नेका पछि नलाग्न अनुरोध गरेका छन् ।

ताप्लेजुङ जिल्लाको खेवाङ बजारमा २०३७ फागुन २८ गते यमकुमारी र ऋषिराम मैनालीको कोखबाट जन्मिएका अर्जुनकुमार मैनालीले झापाको घोडामारा प्राविबाट प्राथमिक शिक्षा हासिल गरे । फूलबारी माविबाट माध्यमिक शिक्षा अध्ययन गरेका उनले मेची क्याम्पसबाट स्नातक र नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

२०६७ सालबाट व्यावसायिक क्षेत्रमा पाइला चालेका उनले प्रारम्भमा बिर्तामोड नगरपालिका–२ मा उँ जलेश्वर स–मिल सञ्चालनमा ल्याए । मैनालीका हाल ६ वटा कम्पनीहरू सञ्चालनमा रहेका छन् । सयौँ नेपाली युवाले उनको कम्पनीमा रोजगारी पाएका छन् । उनी २०६० सालदेखि झापाको बिर्तामोडमा स्थायी बसोबास गर्दै आएका छन् ।

व्यापार, व्यवसायमा सफलता प्राप्त गर्न सक्षम उनी सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय रहेका छन् । बिर्तामोडको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा दुई वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गरेका मैनाली डाइनामिक क्लबको एक कार्यकाल अध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघको बहालवाला महासचिवको जिम्मेवारी समालिरहेका छन् ।

व्यवसाय क्षेत्रमा अब्बल युवा व्यवसायी मैनाली समाज रूपान्तरणमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्छन् । सामाजिक संघ–संस्था तथा युवा व्यवसायीहरूको पक्षमा बारम्बार आवाज उठाउने मैनाली युवा पलायनको विपक्षमा मत राख्छन् । युवा शक्ति स्वदेशमा नै परिचालन गर्नुपर्छ भन्ने मैनाली समृद्धिका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् ।

मैनालीले आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा आफूलाई अध्यक्षको प्रमुख दाबेदार मानेर चुनावी मैदानमा उत्रिएका छन् । युवादेखि वृद्ध–वृद्धा सबैको साथ आफूलाई रहने विश्वास रहेको छ । मैनालीले आफू निर्वाचित भएपछि अघि सारेका योजनाहरू कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक दल, सञ्चार क्षेत्र र विभिन्न सामाजिक संस्था, प्रहरी प्रशासन, उद्योगी, व्यवसायी, जनप्रतिनिधिको साथ सहयोग रहेकाले यस पटकको निर्वाचनमा आफूलाई निर्वाचित गराउनेमा ढुक्क रहेको मैनाली बताउँछन् । उनले अध्यक्ष पदमा प्रतिस्पर्धा नै नहुने भन्दै विभिन्न बहानामा भ्रम सिर्जना गर्नेका पछि नलाग्न अनुरोध गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार