१२ गते मध्यपूर थिमि,भक्तपूर/नेपाल स्वयंसेवी रक्तदाता समाजकन केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा स्वनिग: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं स्थापना दिवसकाे उपलक्ष्यमा ८औं खुल्ला रक्तदान कार्यक्रम संस्थाकाे शिक्षा तथा सामाजिक उप-समिति र महिला उप-समितिले संयुक्तरूप आयाेजना गरि सम्पन्न गरियो ।

संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयाेजक साेम तामाङ्गले सञ्चालन गर्नुभएको साे कार्यक्रमकाे सभापतित्व संस्थाका अध्यक्ष चन्द्रगाेपाल श्रेष्ठले गर्नुभएको थियो ।

महिला तथा पुरूष गरि जम्मा ११+३२=४३ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले रक्तदाताहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।

कार्यक्रमका सभापतिद्वारा प्रमुख अतिथि कर्माचार्यलाई मायाकाे चिनाे स्वरूप त्वा: देवा:(पानस) प्रदान गर्नुभएको थियोे भने रक्तदान कार्यक्रम उप-समितिका सदस्य उत्तमकृष्ण श्रेष्ठलाई प्रमुख प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि रक्तदान गर्न आग्रह गर्दै  कार्यक्रमकाे बिधिव समापन गर्नुभएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार