झापा । स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै माओबादी प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोडको एक कार्यक्रममार्फत औपचारिक रूपमा नेकपा (एस) मा समाहित भएको हो ।

नेकपा (एस)का सम्माति नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको नेकपा (एस) झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

पार्टी प्रवेश कायक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले प्रचण्ड नेतृत्वको सरकार बनिएको एक बर्ष बितिसक्दा पनि जनतालाई प्रत्याभूति दिने कुनै काम गर्न नसेको आरोप लगाए । उनले क्रान्तिको नारा लगाएर नथाक्ने नेताले नेतृत्व गरेको सरकारको नीति तथा कार्यक्रममा दलाल पूँजीपतीलाई पोस्ने खालका कार्यक्रमबाहेक केही नभएको आरोप लगाए ।

यो सरकार दलाल पूँजीपति वर्गको प्रभावमा रहेकोले जनपक्षीय काम गर्न नसकोको नेता खनालको तर्क छ । खनालले साम्रज्यवादीको षड्यन्त्रमा नेपालमा एमसीसी भित्रियाएको र अझै एसपीपी ल्याउने खेल भइरहेको भन्दै यो चिनविरुद्ध साम्राज्यवादीको घेराउ भएको र आरोप लगाए ।

एमसीसी ल्याएर नेताले जनतालाई धोका दिएको उनको भनाइ छ । ‘व्यापक छलफल र सुझाव संकलनसिहत नयाँ क्रान्तिको कार्यक्रम बनाउँदै छौँ । यो बार–बार बनाउने कुरा हैन, नेपाली विशेषतासहितको समाजवाद अबको विकल्प हो,’ नेता खनालले भने, ‘अब कम्युनिस्टहरूको व्यापक ध्रुविकरण, एकता हुन्छ पर्छ । जो नेता अहिले पनि जबज भनिरहेकाछन् वा २१औँ शताब्दीको जनवाद भनिरहेका छन् उनिहरू किनारा लाग्न बाध्य हुनुपर्छ जनवाद कुनै शताब्दीको हुन्न युगको मात्र हुन्छ ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार