बुधबारे । झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि – २० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

आज सम्पन्न फाइनलमा बिर्तामोडले कचनकवलमाथि ११९ रनको फराकिलो जित निकाल्दै बिजयी भएको  थियो ।

कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोडले फाइनल  प्रतियोगिता सजिलै जित्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बिर्तामोडका लागि दिपु भुजेलले ५४ रन बनाए । कचनकवलका विक्रम माझीले २ विकेट लिएका थिए ।

१९७ रनको लक्ष्य पछ्याएको कचनकवल १४ ओभरमा अलआउट हुदै  ७७ रन जोड्न सकेको कचनकवलका अनिल लामिछानेले १६ रन बनाएका थिए ।

यसबीच, प्रतियोगिताको उत्कृष्ट विकेट किपर कनकाई नगरपालिकाका प्रनिस बिमली, उत्कृष्ट फिल्डर बुद्धशान्ति गाउँपालिकाका रिजन आङदेम्बे, उत्कृष्ट बलर बिर्तामोडका रोहित राजवंशी, उत्कृष्ट ब्याट्सम्यान बिर्तामोडका सिवान्स बजगाईं भएका थिए ।
त्यस्तै इमर्जिङ प्लेयर बिर्तामोडका दिपु भुजेल घोषित भए भने सर्वोत्कृष्ट खेलाडी कचनकवलका टिम क्याप्टेन अनिल लामिछाने त्यसैगरी  झापा गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भयो ।

उपाधिसँगै बिर्तामोडले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताका विधागत खेलाडीलाई नगद ५ हजार र सवोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार प्रदान गरिएको थियो  ।

विजेता तथा उपविजेतलाई प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाललगायतले पुरस्कार वितरण गर्नु भएको थियो  ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार