हल्दिबारी । सरस्वती आधारभूत विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इस्वरी दाहालको सभापतीत्वमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा शिक्षा प्रेमी, जग्गादाता, शिक्षक अभिभावक, कर्मचारी र पत्रकार समेतलाई सम्मान गरिएको थियो ।

विद्यालयकाे वार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, लक्ष्मि देवी मैनाली, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, संमानित ब्यक्तीत्व नरेन्द्र कुमार कार्की, विद्यालय ब्यवस्थापन समिति सदस्य तथा वडा सदस्य रचना राई विद्यालयका पुर्व अध्यक्षहरु खकेन राजवंशी, डम्बर बहादुर खत्री, हल्दिबारी २ माओबादी केन्द्रकी सचिव शारदा चौलागाई, नव सृजना प्रा.वि.का प्र.अ. भिम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विभिध सास्कृतिक कार्यक्रम सहित मनाइएको ६४ औं बाषिक कार्यक्रममा विद्यालयको प्रगति विवरण तथा स्वागत मन्तव्य विद्यालयका प्र.अ. गोविन्द बोहोराले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयको शिक्षिका समिस्टा नेपालले गर्नु भएको थिया ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार