काठमाडौँ : निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको छ ।

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो । निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार