समीर न्यौपाने / यो एक मानसिक विर्सीने रोग हो । कुराकानी गर्दा भुलक्कड हुने मानसिक रोगलाई अल्जाइमरको संज्ञा पनि दिइन्छ । सञ्चार गर्न, सोच्न गाह्रो हुने उक्त रोग लागेका मानिसको वजन बढि हुने बताइन्छ ।

डिमेन्सीयाका लक्षण
– सम्झनुपर्ने कुराहरुको समस्या
– प्रश्नहरु पटक पटक दोहोर्याउनु पर्ने समस्या
– शब्दहरु बुझ्न गाह्रो हुने
– अंकको संख्या तथा पैसा चिन्ह गाह्रो पर्ने
– दिमागी जनझाल हुने
– मूड परिवर्तन हुने
– व्यक्तित्व र व्यावाहारमा परिवर्तन हुने
– सुत्न गाह्रो हुने
– सामाजिक सचेतना प्रभावित हुने
– मोटोपन छाउने

डिमेन्सीयाका स्वरुप
विश्व स्वास्थ्य संगठनका अनुसार शुरु, मध्य र अन्त्य अनुसार संक्रमणलाई तीन क्रममा विभाजित गरिएको छ ।
– शुरुका वखत मानिस हरेक कुरालाई एकदम भुल्ने प्रयत्न गर्दछ ।
– समयको गतिलाई निर्धारण नगर्दा मानिस काम गर्नु पर्ने बाटो भन्दा अर्को
मोडमा अग्रसर हुन्छ ।
– ठाउँ विर्सने रोग

डिमेन्सीयाका मध्यान्तर
– नाम र घटना विर्सनु
– घरमा हुँदा आफ्नो स्थान विर्सनु
– संञ्चार नहुनु
– काम गर्दा भुल्नु
– बरोबर प्रश्न सोध्नु
– व्यक्तिगत सहयोग गर्ने मान्छेको आश्रय खोज्नु

डिमेन्सीयाको अन्तिम रुप
– मानिस रहेको, कुराकानी गरेको सबै भुल्नु
– समयको अत्तो पत्तो नहुनु
– माया गर्ने मानिसको पहिचान गर्न नसक्नु
– मानिसको व्यवहारमा बदलाव आउनु र रिसाउनु

डिमेन्सीया एक विर्सने रोग शरिरलाई चाहिने पौष्टिक पदार्थको कमि हुँदा लाग्ने गर्छ । मानिसले के गर्ने , काम गर्दा कसरी निर्णय गर्ने भन्ने संक्रमण बुढेसकालमा लाग्ने गर्छ । यस प्रकारको रोगमा मानिसको संझना हराउने , ध्यान भंग हुने, कारण खोतल्न गाह्रो हुने, कामको टुगों लगाउन गाह्रो हुने, समस्या समाधान गर्न गाह्रो हुने तथा आफूले देखेको दृश्य मष्तिस्कबाट हराउने पनि हुन्छ । ६५ वर्ष उभोँका मानिसमा धेरै उमेरको कारण डिमेन्सियाको प्रभाव रहन्छ । साथसाथै परिवारका अन्य मानिसमा रोग रहेको छ भने अरुबाट पनि रोग सर्न सक्ने बताइन्छ । चिल्लोपनाको सेवन र धुम्रपानलाई डिमेन्सियाको अर्को कारक मानिन्छ ।
(स्रोतः मेडिकल न्यूज टुडे)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार