बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा ४०९५ मतदान भएको निर्वाचन समितिले जानकारी दिएको छ । निकै महत्त्वका साथ हेरिएको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल र नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल बिच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छ्न भने स्वतन्त्र प्यानलको नेतृत्व अर्जुनकुमार मैनालीले गरेका छ्न ।

न्यौपाने वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र मैनाली महासचिव हुन् । दुवैले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।

वाणिज्य संघमा ५ हजार ६ सय ७३ मतदाता रहेकोमा ४०९५ ले मतदानमा भाग लिएका थिए । निर्वाचन समितिका अनुसार दुबै समुहका प्रतिनिधिहरु सग छ्लफल गरेर मतगणना आजैराती देखी सुरु गरिने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार