हल्दिवारी ,१५ फागुन । झापामा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने  स्व्ाास्थ्य कार्यालय झापाले जनाएको छ ।

दादुरा–रुबेला खोप अभियान अन्तरगत जिल्लामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइने  बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा ‘जिल्लास्तरीय सञ्चारकर्मीहरुसँग  गोष्ठीमा जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भएपनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन   लागेको सञ्चारकर्मी सँग कुराकानी गर्दै बताउनु भएको छ ।

जिल्लाव्यापी खोप अभियानमा   ९ सय ४७ खोपकेन्द्र निधारण गरिएको छ भने ३ सय   ६९ खोपकर्मी, १ हजार ७ सय १७ जना  स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत तथा प्रवक्ता  राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य संगठनकी मेडिकल अफिसर डाक्टर संगीता शाह र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खोप अभियानलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीले समेत अभियान सफल बनाउन लाग्नुपर्ने बताउनु भएको थियोे ।

झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । सरकारले समेत मुलुकबाट सन् २०२६ मा दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जिल्लामा खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिनुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार