आज २०८० साल फाल्गुण १६ गते बुधबारको राशीफल ।

मेष : दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भसँगै यत्रतत्र ख्याति बढ्ने ।

वृष : बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने यद्यपि नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षा गर्नु श्रेयस्कर हुने ।

मिथुन : परिस्थिति प्रतिकूल बन्दै जाने साथै अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुुस हुने ।

कर्कट : उद्योग व्यवसायमा राम्रो फाइदा हुने साथै गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने ।

सिंह : बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्याम फसिने साथै मनमा असन्तोषरुपी ज्वारभाटा उठ्ने ।

कन्या : रचनात्मक कार्यको शुभारम्भ भएसँगै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।

तुला : व्यवसायमा लगानी बढाउनुपर्ने तथा आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुने ।

वृश्चिक : आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

धनु : पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्ने साथै नयाँ कार्यको प्रस्ताव आउने ।

मकर : आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्ने साथै पूर्व सम्झौता तोडिने उच्च सम्भावना ।

कुम्भ : थालेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने तथा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने ।

मीन : घुमफिर, मनोरञ्जनात्मक कार्यमा समय बित्ने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने योग ।

साभार : नेपालपत्र

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार