मानव शरिरमा दाँत सबैभन्दा कडा बस्तु हो । इनामेल, डेन्टिन र पल्प मिश्रित दाँतले खानेकुरा चपाउने काम गर्छ । दाँत दुख्नु मानिसको अस्वभाविक क्षण हो । मुखमा व्याक्टोरियाको फैलावटले दाँत विग्रने तथा प्वाल पर्ने हुन जाने दखिन्छ ।

दाँत दुखाइको कारण
मानिसको दाँत दुखाईको कारण मु्खमा जम्ने तरल पदार्थको कारण बढि देखिन्छ । दाँतमा जम्ने गमले दाँत चिलाउने हुन आँउछ । जसकारण विभिन्न दाँतमा रहेका कोषिकाहरुको मृत्यु हुन्छ । नसाहरु मर्छ र इनामेल खिइँदै जाने सम्भावना हानिकारक व्याक्टोरियाको कारण हुने गर्दछ ।
१. दाँत भरिएको ठाँउमा खाली ठाँउ देखिनु
२. दाँतमा फोडाहरु देखिनु
३. दाँतको जरामा असर देखिनु
४. अर्को दाँत पलाउनु
५. खानेकुरा अड्किनु
६. मुखमा पानी निस्कने रोगका कारण
७. दाँत फुकाल्दाको समय

दातँ दुखाइको घरेलु उपचार
दाँत दुख्दा दुखेको ठाँउमा वरफ भएको कपडाले सेक्न सकिन्छ । १५ देखि २० मिनेटको सेकाइबाट आफूमा उत्पन्न दाँतको चोटबाट अनुकुल हुन सकिने बताइन्छ ।

दुखाईको अवस्थामा विभिन्न तरल औषधीको छनौट गर्न सकिन्छ । वेन्जोकेन नामक औषधी वयस्कका लागी फाइदामुलक हुने बताइन्छ ।

नूनीलो पानीले दाँतको सुन्निनुलाई निर्मूल गर्छ । हाइड्रोजन पेरोअक्साइड ओखती हो दाँतमा भएको फोहोर र प्वालहरुलाई सफा गर्ने माध्यम । जडिबुटीयुक्त चियाको दैनिक सेवनले मानिसलाई स्वास्थमन्द राख्छ र दाँत दुखाइ भएकाहरुलाई चियामा पाइने एन्टीअक्सीडेन्टले अनुकुल प्रभाव पार्छ । ल्वाङ्को पेष्ट दाँत दुखेको ठाँउमा राख्नाले विरामी हलुको हुन्छ । वालवालिकालाई ल्वाङ् लिल्नाले पेटमा खराबी आउनाले नलिल्न सुझाव दिइन्छ ।

लसुनको पेष्ट पनि एन्टीव्याक्टोरियल पदार्थ पाइने भएकाले फाइदाजनक नै हुन्छ । लसुनमा पाइने एन्टीव्याक्टोरियाको कारण दाँतको दुखाइ कम हुने आँकलन गरिन्छ ।

दाँत दुखाइ मरणासन्य रोग भने होइन । दुखाईको ख्याल नराखे मानिस थला पर्छ । साधरण मानिस विरामी नै पर्छ । दाँत दुख्नासात दाँतको सफल उपचारको लागि दन्त विशेषज्ञकोमा जान सुझाव दिइन्छ । चिकित्सकले उपचार कक्षमा दिएको सुझाव, सल्लाह र सुझाएको औषधिले विरामीको उपचार सफल हुन आँउछ ।
(स्रोतः मेडिकल ज्यूज टुडे) : समीर न्यौपाने

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार