हल्दिवारी गाउँपालिकाको विभिन्न वडामा आफू रास्ट्रिय गणना गर्न आएको भन्दै एकजना मानिस बिशेष गरेर महिलाहरु भएको घरमा पुग्दै पारिवारिक बिवरण , घरको अवस्था ,श्रीमान काहा छ्न् ,जस्तो प्रस्न गर्दै अन्तिममा मोबाइल नम्बर लिएर हिडेने गरेका व्यक्ति को हुन सबैको चासोको बिषय भएको छ ।

अहिले कुनैपनी सरकारी तवरमा गणना नभएको अवस्थामा यस्ता व्यक्ति घरघरमा आउनु ले हामी कतिको सुरक्षित छौं ? प्रश्नचिह्न खडा भएको छ ।

हल्दिवारी ४ मंगलबारे बजारमा रहेको मोहन बेघाको घरमा रहेको सिसि क्यामरामा कैद भएका व्यक्ति समेतको टिमनै हामी सरकारी मान्छे भन्दै हिडिरहेको पाइएकोले सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

जिल्ला प्रशासन , प्रहरी कार्यालय लगायतको सुरक्षा निकायबाट यश बिषयलाई गम्भीरता पुर्वक लिएर अनुसन्धान गर्नु पर्ने देखिन्छ । भोलि हुने दुर्घटनाबाट सजग रहन सबैलाई हामी आग्रह समेत गर्दछौं । यस्ता गतिविधि गर्ने व्यक्तिलाई देखे भेटे तुरुन्त नजिकको प्रहरी तथा १०० मा कल गरि जानकारी दिनुहुन अनुरोध गर्दछौं ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
4
+1
4
+1
0
+1
1
+1
3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार