झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार बेलुका साढे ७ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- १० घर भई मेचिनगर- ६ डेरा गरी बस्ने २६ बर्षीय प्रकाश पौडेल, अर्जुनधरा- १० का २२ बर्षीय पुजन तामाङ र काठमाण्डौ- १६ का ३० बर्षीय ईश्वर अधिकारीलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ४७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ११ का २२ बर्षीय बिनम उराउ र ३० बर्षीय कुमार सुब्बालाई ब्राउनसुगर १ ग्राम ५९० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका- ६ बुट्टाबारी चौकबाट अर्जुनधारा- ११ का २५ बर्षीय सुरज बिश्चकर्मालाई २ ग्राम २५० मिलिग्राम र बिर्तामोड- ५ का १९ बर्षीय जगत दनुवारलाई ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज- ५ बाट ४८ बर्षीय सन्तोष दास र ४० बर्षीय बिजय दासलाई Spas ८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने मोरङको बिराटनगर- १७ स्लामपुर स्थित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ग. ५ प. ३७२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक बिराटनगर- १२ का ४० बर्षीय प्रभात कटुवालको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार