गजल : “दिल शिसा हो”

बचन दियौ तिमीले मुस्कुरायौ कि
दिल शिसा हो सम्हाली राख्यौ कि ।

हिजो म कसरी बिछोड़मा तड़पिए
समयको तकजा हो यो यही बताए ।

प्रतीक्षाको पल हाँसेर बिताई दिनु
को छ आफ्नो यहाँ पराया नै भन्नु ।

खुशी छु म यहाँ मेरा सपनाहरु संग
मैले पाए बिश्वास आफन्तहरु संग ।

हराउने छु म उनको लजालु परेलीमा
रमाउने छु निश्छल उनको हेराईमा।

चन्चल यो दिल आंखांमा मौन छ
तिमी आउने पल पल बेचैन छ ।

प्रिय कसलाई भनु यहां म कसरी
जसलाई चुनो दिल भित्र हलचल छ ।

सोचेर सपना यहाँ किन आउदैन
मन पराएको मान्छे कहा पाइदैन ।

यो जीवनमा बाचा राखेर बाँच्नु छ
कसको हिस्सामा यो दिल साच्नु छ ।

देवेन्द्र किशोर ढुङगाना
भद्रपुर,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार