🙏 बरिष्ठ पत्रकार लिलाराज खनालले आफ्नाे फेसबुक पेजमा हिजाे काठमाण्डाै महानगर प्रहरीले देखाएकाे हिंसालाई यसरी टप्पणी गरेका छन् ।

हिंसाको अन्तिम बिन्दु नै विनास हो । त्यहीँमाथि गरिखाने वर्गमाथि निर्मम यातना दिएर हिंसामा नगर प्रहरी नै उत्रनु भनेको राज्य आतङ्कको नमुना हो।

आज एक दुई सय नगर प्रहरीले लाठी बोकेर जथाभावी भैंसी कुटे झै नागरिक कुट्न थाले भने त्यसको प्रतिकार स्वभाविक छ।

कसले कहिले कहाँ र कत्रो गर्छ भन्ने मात्र फरक हो ।

त्यसैले वालेनले दिएको तलबबाट मैमत्त भएका नगर प्रहरीले आज भोली गर्दै यसरी नै फुटपाथमा व्यवसाय गरेकै आधारमा अपराधी झैं याताना दिँदा त्यसको प्रतिकार शुरु मात्रै भयो भने ति भाडाका टट्टु अर्थात नगर प्रहरी भनिनेहरु नै हुन सबैभन्दा पहिले कुलेलम ठोक्ने?

वाँकी त तिनै राजु कि काजु पाण्डे, वालेन र बर्बर साह रहलान ।

त्यसवेला तिमीहरुलाई अनि सुरक्षा दिन कोही आउने छैनन्।
प्रहरीले त नागरिक जागे भने शसस्त्र र सेना गुहार्छ भने वालेनका सिपाहीले यस्तो ठान्नु वाँसको तामा हलक्कै बढेर भाँचिए जस्तै हो।

संविधान त वा कानून त नेपाल प्रहरीले पनि पहिले एकैपटक लाठी बर्साउँदैन ।

त्यसका पनि अनेकौं चरण होलान । तर नगर प्रहरी त बल प्रयोग गर्न पाउने राज्यको अङ्ग नै होइन।
उसले मानिसमाथि कसरी र किन लाठी बजार्छ ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार