हल्दिबारी । काफ्ले समाज झापा अन्तरगत हल्दिबारी गाउँपालिकामा शनिबार सम्पन्न दोस्रो सम्मेलनबाट ९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत गठन गरिएको छ ।

काफ्ले समाज झापाका सदस्यसमेत रहेका हेमराज काफ्लेको अध्यक्षतामा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा देवी भट्टराई काफ्ले, सचिवमा अश्वीन काफ्ले, सहसचिवमा गोमा काफ्ले र कोषाध्यक्षमा भोजराज काफ्ले चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भीमप्रसाद काफ्ले, प्रदीप काफ्ले, खेमकुमारी काफ्ले र मणि काफ्ले सर्वसम्मत चयन भएका छन् ।

काफ्ले समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्लेको प्रमुख आतिथ्यमा वनभोजसहित आयोजना गरिएको दोस्रो सम्मेलनमा पालिका कार्यसमितिका अध्यक्ष हेमराज काफ्लेले सांगठानिक एवम् आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

जसअनुसार हल्दिबारी गाउँपालिका भरमा २६ घरधुरीमा काफ्ले परिवारको बसोबास रहेको र तीमध्ये २१ घरधुरी समाजमा आवद्ध रहेको जानकारी गराए । आफ्नो कार्यकाल २०७८ माघमा सम्पन्न प्रथम सम्मेलनबाट सुरु भएको र हालसम्म विभिन्न आर्थिक क्रियाकलाप गरी समाजलाई पहिचान दिलाउन लागिपरेको अध्यक्ष काफ्लेले जानकारी दिए ।

उनका अनुसार पारिवारिक समूह बचतमा १ लाख ५० हजार ८०५ रुपैयाँ संकलन गरी काफ्ले परिवारमा नै १ लाख ४८ हजार ५०० रुपैयाँ कर्जा सापटी दिइएको छ । सो वापत समाजले ११ हजार ४८० रुपैयाँ ब्याज आर्जन गरेको, बैंकमा बचत रकमबाट १ हजार ९५० ब्याज प्राप्त गरेको, समवेदना तथा सिदा खर्चमा ३ हजार ७०० रुपैयाँ खर्च भई समाजसँग १२ हजार ३५ रुपैयाँ बचत रहेको विवरण अध्यक्ष काफ्लेले सुनाए ।

सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य तोयनाथ, झापा जिल्ला अध्यक्ष गोपाल काफ्ले, बिर्तामोड नगरसमितिका अध्यक्ष तुलसीराम काफ्लेले समाजको विभिन्न विषयमा प्रकाश पारेका थिए ।

समाजका सल्लाकार धर्मराज काफ्लेले सञ्चालन गरेको सो सम्मेलन समारोहमा २० जना बन्धुहरुले १००० रुपैयाँ तिरेर काफ्ले समाजको आजीवन सदस्यता लिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार