भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाको ७ औं वार्षिक साधारण सभा तथा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २ जना उत्कृष्ट नारीलाई सम्मान गरिएको छ ।

एकल महिलाको छहारी भद्रपुर १० मा कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय झापाकी महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक यसोदा घले र जग्गादाता चन्द्रदेवी दाहाललाई सम्मान गरिएको हो ।

एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर ८ की वडा सदस्य भगवती बस्नेत, भद्रपुर सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउत, अधिवक्ता देवी निरौला, एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, सतमिलन महिला समूहकी सरस्वती श्रेष्ठ, सानाहात नेपालका बिक्रम वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार