२६ गते फागुन,हेटाैंडा/नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा उपमहानगरपालिका समिति मकवानपुरद्वारा प्रथमपटककाे खुल्ला रक्तदान कार्यक्रम स्थानिय बुद्धचाेकमा आयाेजना गरि सम्पन्न गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यतामा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ हेटौंडा उप-महानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वादाेर्जे लामले प्रमुख आतिथिकाे आशणबाट रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा उपमहानगरपालिका समिति मकवानपुरका सचिब राजेश वाग्लेद्वारा सञ्चालित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २७ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रमकाे सभापतित्व हेटाैंडा उपमहानगरपालिका समितिका अध्यक्ष पूर्णप्रसादले गर्नुभएको थियोे भने प्रमुख अतिथि लगायत सहभागी रक्तदाताहरूलाई विशेष अतिथि प्रेमसागर कर्माचार्यद्वारा मायाकाे चिनाे र प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।
कार्यक्रमका सभापतिद्वारा प्रमुख अतिथि,विशेष अतिथि लगायत कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्नुहुने सहयोगीहरूलाई मायाकाे चिनाे प्रदान गर्नुभएको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार