मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।

उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन ।

१० वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले हल्दिवारी डटकमलाई बताए ।आगलागीको कारण थाहा हुन नसकेको उनले बताए । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार