रुघा खोकी कहाँ छ हजुर ?
म निस्केको छु
दुई छाक रोटीको खोजीमा
मैले त कही पाईन रुघा खोकी
रुघा खोकी कहाँ छ हजुर ?

रुघा खोकी कहाँ छ हजुर ?
यदि तपाईले पाए रुघा खोकी
र सोधे भने मेरो ठेगाना
तब बताइ दिनु उसलाई
मलाई पाउने छन सड़क किनारा
कही धुलो फांक्दै गर्दा
खेत बारिमा एउटा गंजी र गाम्छामा
शरीरमा लपिटिएको
गहूं र तोरीको खेतमा
सूर्यलाई उदाउदै , वा फिरी
पसल लगाएर , ठेलालाई धकेल्दै गर्दा ,
वा कही कुनै चिया स्टलमा
बर्फ पानीले चियाको कप माज्दै गर्दा
म मिल्ने छु उससंग
यदि कही रुघा खोकी पायौ भने
उसलाई भनि दिनु ।

मेरो अरु पनि धेरै ठेगाना छन
म मिल्ने छु उसंग एक पश्मीना शॉल र
छालाको जैकेटमा छिरेको मानिसलाई
रिक्शामा तान्दै गर्दा ,
वा फिरी
कही कुनै तलाब, झील वा नदीमा
जाल फ़्याकेर गहरो ठंन्डी पानीबाट
रोटिहरु निकाल्दै गर्दा ।
रुघा खोकी कहहाँ छ हजुर ?
यदि कही कतै पाइए
तब उसलाई बताई दिनु मेरो ठेगाना ।
~देवेंन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार