हल्दिवारी । हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मा आइतबार दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी ४ बाबुलाल गाउँमा बिर्तामोडबाट मंगलबारे बजार हुदै कचनकवल तर्फ जाँदै गरेको मे. ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. १० प ६५१५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा सवार चारजना घाइते भएका मध्ये मे. १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय भवानीप्रसाद खतिवडा रोशनको मृत्यु कचनकवल गाउँपालिका उपाध्यक्ष नबराज भट्टराईले जानकारी दिनु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घाइतेको टाउकोमा चोट लागेको र बिएन्डसी हस्पिटलको सघनकक्षमा उपचार भइरहेकोमा खतिवडाको आज अस्पतालले मृत्यु भएको घोषणा गरेको जनाइएको छ ।

उक्त मोटरसाइकलको पछाडि रहेका सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ भने उनको अवस्था पनि गम्भीर रहेको जनाइएको अस्पताल श्रोतले जनाएको छ ।

दुर्घटनामा मे. ८ प ८१२ नम्बरको मोटरसाइकल चालक कचनकवल–१ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको, अनुहार र दाहिने खुट्टामा चोट लागेको थियोे भने उनको अवस्था अहिले मध्यम रहेको अस्पतालले जनाएको छ ।

उक्त मोटरसाइकलको पछाडि रहेका गौरादह–१ बस्ने १८ वर्षीय पुकार कटुवालको दाहिने हातमा चोट लागेको थियोे भने उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको जनाइएको छ ।

मृत्यु भएका खतिवडा कचनकवल गाउँपालिकामा कृषि प्राविधिकको रूपमा कार्यरत रहेका थिए

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
32
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार