हल्दिवारी, ३० फाल्गुण । हल्दिवारीका पहिलो शिक्षक उपेन्द्र प्रसाद सिंहको निधन भएको छ ।

एकैसाथ ४ वटा विद्यालय संचालन गर्दै प्रधानाध्यापक समेतको जिम्मेवारी सम्हालेका सिंहको आज बिहान ४ बजे ७६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको परिवार श्रोतले जनाएको छ ।

हल्दिवारी गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभूत विद्यालयका संस्थापक प्रधानाध्यापक एवं हल्दिवारीकै पहिलो शिक्षक समेत रहनु भएका सिंह शिक्षा सेवावाट अवकास प्राप्त प्रश्चात उहा निर्माण व्यवसायमा सकृय हुनुहुन्थ्यो ।

हाल भद्रपुर ७ निवासी उपेन्द्र प्रसाद सिंहलाई सिंह सर’ को नामले परिचीत हुनुहुन्थ्यो ।

सिंह सरका श्रीमति दुई छोरा र दुई छोरी छन । जेठा छोरा प्रकाश कुमार सिंह इन्जिनियर हुनुहुन्छ भने कान्छा छोरा दिपक कुमार सिंह डाक्टर हुुनुहुन्छ । निजको पार्थिव शरिरको अन्तेष्ठी आज दिनको १ वजे स्थानिय देउनिया खोलाको विश्रान्ती घाटमा गरीने पारिवारिक श्रोतले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
11
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार