अमेरिकी शिक्षा विभागले निकालेको तथ्याङ्कको निश्कर्ष छ मानिसमा पढ्ने लेख्ने बानी नभएमा डिमेन्सिया दुई वा तीन पटक बढ्छ ।

विभागको निश्कर्ष छ ५ मा १ वयस्क मानिसमा अध्ययन गर्ने कौशलता हुँदैन । उनीहरु शैक्षिक सामाग्रीका सूचनालाई केलाउँदैन, भिन्नता छुट्टयाउँदैनन्, व्याख्या गर्दैनन र निष्कर्ष निकाल्दैनन् ।

४ करोड ३० लाख वयस्क मानिसमा २०११ देखि २०१४ मा गरिएको अध्ययनमा करिब ८० लाख मानिसमा कम शैक्षिक योग्यता पाइयो । उनीहरुमा भाषागत र संज्ञानात्मक अवरोध पाइयो ।

कोलम्बिया विश्वविद्यालय भ्यागेलसका चिकित्सक जेनिफर जे मेन्लिले न्युरोलोजि भन्ने जर्नलमा खोजको रिपोर्ट तयार पारेकी हुन् । पढ्न र लेख्न नसक्ने मानिसमा डिमेन्सीयाको प्रबल सम्भावना भएको बताइएको छ ।

जेनिफर जे मेन्लि भन्छिन्,“ वयस्क मानिस नाती नातीनाहरु खेलाउनका लागि मात्र होइनन् । उनीहरुले पढ्ने लेख्ने बानि गर्नुपर्छ । यसले उनीहरुको मष्तिस्कको शारिरीक विकास गर्छ । उनीहरु पत्रपत्रिका पढ्ने बानी तर्फ अग्रसर ह्ुनुपर्छ । यस प्रकारको बानी अपनाए डिमेन्सिया जस्तो घातक रोगबाट उनीहरुलाई पन्छाउन सकिन्छ । ”

मानिसको संज्ञानात्मक स्वास्थ्य विषयकको ज्ञानले मानसिक सन्तुलन र अल्जाइमर प्रतिको लक्षण कम गराँउछ ।

विद्यावारिधि चिकित्सक जेनिफर जे मेन्लि डिमेन्सिया कसरी न्यून गर्न सकिन्छ भन्ने प्रश्न को उत्तर दिँदै उल्लेख गर्छिन, “पढ्न, लेखन मानिसको लागि अपरिहार्य हो । यस प्रकारको दैनिकी अभ्यासले मानिसको मष्तिस्क स्वस्थ्य राख्छ ।”

स्वस्थ मष्तिस्क र शिक्षा ः
मानिसहरु को को पढाइमा अब्बल छन् भनेर केलाउँदा ९८३ मानिस पुरै अशिक्षत भेटिए । विशेष गरि डोमिनिकन रिपब्लिकन का ग्रामिण भागका मानिस नपढेका भेटिए । उनीहरुमा शिक्षामा सिमित पहुँच थियो ।
सहभागीहरु लाई प्रश्नोत्तर शैलीमा खोज गरिएको थियो । २३७ सहभागी शिक्षित भेटिए । ७४६ को संख्या अशिक्षित रहेको पाइयो । मानिसहरुलाई चिकित्सा विज्ञानका प्रश्नावली, सम्झना र वर्णन गर्न सक्ने परिक्षा शैलीमा प्रश्नहरु सोधिएको थियो । यस किसिमका प्रश्नहरु १८ महिना, २ वर्ष र ४ वर्षका फरक समयमा परिक्षण गरिएको थियो ।

पढ्नाले विर्सने रोग वा डिमेन्सिया कसरी कम हुन्छ ?
२३७ मानिसमा ८३ जना विल्कुल लेख्न वा पढ्न सक्दैनथे । ३५% मानिस शुरु मै यस रोगका शिकार थिए । करिब ७५० मा अशिक्षित थिए १८% रोगका शिकार थिए ।

अध्ययन को क्रममा २३७ मानिसबाट ११४ मानिस जो लेख्न पढ्न सक्दैनथे उनीहरुमा डिमेन्सियाको रोगको लक्षण प्रचुर मात्रामा भेटियो । ७४६ मानिस जो शिक्षित थिए, २७% मानिसको स्वास्थ्य स्थिति राम्रो रहेको तथ्याङ्क सार्वजनिक भयो ।

अध्ययनले आयु बढ्नु , आर्थिक सामाजिक हैसियत कम हुनु र मुटु सम्बन्धि रोग हुनु भन्दा अशिक्षित सहभागी जो पढ्न लेख्न जान्दैनन् उनीहरु डीमेन्सिया रोगको शिकार बढि हुने सम्भावना निश्कर्ष निकालेको छ ।
चिकित्सक जेनिफर जे मेन्लि भन्छिन्,“ मानिसको शिक्षा, पढाई ,लेखन, भाषा, सम्झना र सोचाईको क्षमता अभिवृद्वि तर्फ अग्रसर हुनुपर्छ । यसो भएमा मस्तिष्क तेजिलो हुन्छ । डिमेन्सिया जस्ता खतरनाक रोगबाट हामी पन्छिन सक्छौं । मानिसले पढ्ने लेख्ने क्षमताको अभिवृद्वि गर्नुपर्छ । ”

अध्ययनले भविष्यका डिमेन्सियाका खोजहरु सन्चालन गर्न चाहिने खर्चको अध्ययन पनि गरेको थियो । मेन्लिले खोज सन्तुलित रहेको र  शिक्षत मानिस कसरी पढ्छन भन्ने विषयमा केन्द्रित रहेको बताइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार