हल्दिबारीमा आशा लघुवितको आयोजनामा सर्फ र इजि बनाउने तालीम सम्पन्नहल्दिवारी । हल्दीवारी गाउँपालीका वडा नं. ४ मंगलबारे बजारमा रहेको आशा लघुवित वितिय संस्था लि. हल्दिबारी शाखा, झापाको आयोजनामा २ दिवसीय सर्फ तथा इजि सर्फ बनाउने तालीम सम्पन्न भएको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई लघुउधमशिल बनाउने उदेश्यले तालिमको आयोजना गरेको संस्थाका शाखा प्रमुख बिजय कुमार महतोले बताउनुभयो ।

आशा लघुवित हल्दिबारीमा स्थापना भएको ४ बर्ष बितिसक्दा संस्थामा ९ सय महिला सदस्यहरु जोडिएको प्रमुख महतोले जानकारी दिनुभयो ।

उक्त २ दिवसीय तालिममा ७१ जना महिला दिदिबहिनीले भाग लिएका थिए भने तालीम संस्थाकि तालिम प्रशिक्षक कल्याणी खरेलले प्रदान गर्नु भएको थियो ।

आशा लघुवित हल्दिबारी शाखाका प्रमुख महतोका अनुसार लघुउधमशिल भइ आय आर्जन गर्न संस्थाले उनिहरुलाई लगानी गरि आत्मनिर्भर बनाउन सहयोग पुर्याउने समेत बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार